बुटवल । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही को २३ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले सेषकान्त पोखरेलको अध्यक्षतामा ६७ सदस्यीय जिल्ला कमिटी चयन गरेको संगठनले जनाएको छ । जसको उपाध्यक्ष भरत अर्याल, रमेश ढकाल र शिब बेलबासे, सचिवमा प्रकाश पराजुली, सहसचिवमा योगेस पराजुली,भिम भन्डारी, अर्जुन गैरे, झरना चौधरी, प्रकाश न्यौपाने र कोषाध्यक्षमा सुमित सापकोटा रहेका छन् ।
सम्मेलनको शनिबार नै एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0