'दुर्घटना उपचार केन्द्र निर्माण प्रक्रिया थालियो'

५ वर्ष अगाडि

काठमाडौं । ठूलो सङ्ख्यामा हुने दुर्घटना उपचार केन्द्र अर्थात् ‘मास क्याजुलिटी ट्रिटमेन्ट सेन्टर’का रूपमा प्रस्ताव गरिएकोे वीरेन्द्र अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।महामारी तथा प्राकृतिक विपत्को समयमा एकै पटक छ हजार जनालाई प्राथमिक उपचार गर्न मिल्ने गरी प्रस्तावित सो अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक बजेटको सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको संयुक्त लगानीमा निर्माण प्रस्ताव गरिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले नेपाली सेनाको महìवाकाङ्क्षी आयोजनाका रूपमा निर्माण गर्न लागिएको सो अस्पतालको बजेट सुनिश्चितताका लागि सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

उनले भने, “यो अस्पताल निर्माणका लागि थप बजेटका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा छ करोड रुपियाँ निकासा भएर आएको छ । ”

उनका अनुसार ७५० शय्या क्षमताको प्रस्तावित सो अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र डिजाइन निर्माण कार्य भइसकेको छ ।

सरकारको करिब १४ अर्ब रुपियाँ र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको करिब चार अर्ब रुपियाँको लागतमा सो अस्पताल निर्माण गर्न लागिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले छाउनीमा सैनिक अस्पताल निर्माणका लागि नेपाली सेनाले मन्त्रालयसँग बजेट माग गरे पनि अहिलेसम्म निकासा नभएको जानकारी दिनुभयो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी