'कुण्ठा र बदलाको भावना बोकेर केही ब्यक्ति बाहिरिदैमा धैर्यता नगुमाउन नेता कार्यकतालाई एमाले महासचिव इश्वर पोखरेलको अपिल'

५ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । वहाँले एमालेमा आएको विभाजनलाई अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम भनेर टिप्पणी गर्नुभएको छ ।

माधवकुमार नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि महासचिव पोखरेलले सो धारणा सार्वजनिक गर्नुभएको हो ।

नेकपा (एमाले) भित्री बाहिरी सबै किसिमका प्रतिकूलताहरूसित जुद्धै नेपाली जनताबाट पटक पटक अनुमोदित भएको राजनीतिक पार्टी भएको र यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । वहाँले सामाजिक सञ्जालमा विज्ञप्ति मार्फत लेख्नुभएको छ – ‘फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु । नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध छ , दृढताका साथ अघि बढिरहनेछ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु