'कोरोनाका कारण वडा अध्यक्षको मृत्यु'

५ वर्ष अगाडि

अर्घाखाँची। कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।
कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर बनेपछि ४ दिन अघि हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अबकास पछि नेकपा एमाले बाट वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए । उनी स्थानियतहमा लोकप्रिय नेताको रूपमा परिचित थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया