'श्रममन्त्रीले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम अपहरण आरोपमा पक्राउ'

४ घण्टा अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले हलुका सवारी चालक पदमा नियुक्ति दिएर सचिवालयमा राखेका चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको कसुरमा पक्राउ परेका छन् ।

महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका-३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ । आलम मन्त्री यादवको सचिवालयमा रही हलुका सवारी चालकको रूपमा कार्यरत छन् ।

पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरू गरिएको नेपाल प्रेसलाई बताए । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार छन् र उनीहरूको खोजी तीव्र पारिएको छ ।

आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

तिलोत्तमामा भूमिहीन बस्ती नहटाइने अडान, प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र

सुनको भाउ फेरि ३ लाख नाघ्यो, एकैदिन तोलामा ४४ सय रुपैयाँ वृद्धि

पुतलीबजार–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन आरोपमा पक्राउ

राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य बनाउने सरकारी नीति

मकवानपुरमा ब्रेक फेल हुँदा इभी दुर्घटना : भारतीय नागरिकसहित ९ जना घाइते

भक्तपुरमा साढे एक किलो चाँदीसहित एक जना पक्राउ

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर