सरकारले विभिन्न अध्यादेशहरू प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका ८ वटा अध्यादेश पेश गरिएको हो ।
बैठकमा कानूनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गरिन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सम्पत्ति शुद्धीकरण निवारण तेश्रो संशोधन अध्यादेश प्रस्तुत गरे भने भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थय विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गरिन् ।
शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गरिन् ।