'पुतलीबजार–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन आरोपमा पक्राउ'

५ घण्टा अगाडि

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका छन् ।

डितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थापाले १ हजार १२३ मत प्राप्त गर्दै एमालेका रुद्रप्रसाद पोखरेललाई ३८७ मतान्तरले पराजित गरेका थिए ।

निर्वाचित भएपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचार गर्न भन्दै सम्पर्कविहीन बनेका थिए । पछि उनी अमेरिका पुगेको खुलेको थियो ।

स्थानीय स्रोतका अनुसार थापाले केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पुर्‍याएको र केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लाग्दै आएको थियो । करिब साढे दुई वर्षपछि उनी नेपाल फर्किएका थिए ।

थापा विदेशमा रहेका बेला पनि पुतलीबजार नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको थियो । त्यसपछि भने २०८१ साउनदेखि उनको सेवा–सुविधा रोकिएको नगरपालिकाले जनाएको छ ।

नेपाल फर्किएपछि पुनस् वडा कार्यालयमा सक्रिय देखिएका थापा अहिले भने मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् ।

प्रहरीले भने मुद्दासम्बन्धी थप तथ्य संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

श्रममन्त्रीले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम अपहरण आरोपमा पक्राउ

सुनको भाउ फेरि ३ लाख नाघ्यो, एकैदिन तोलामा ४४ सय रुपैयाँ वृद्धि

राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य बनाउने सरकारी नीति

मकवानपुरमा ब्रेक फेल हुँदा इभी दुर्घटना : भारतीय नागरिकसहित ९ जना घाइते

भक्तपुरमा साढे एक किलो चाँदीसहित एक जना पक्राउ

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत