रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ ।
दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् ।
जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ ।
दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ । भोलि जलजलामा मेला लाग्ने र सोही मेला भर्न गएकाहरू चढेको जिप दुर्घटना भएको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1