'नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित'

४ दिन अगाडि

बुधबार सेयर बजार २५.८१ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७४४ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से २६.१६ अंक घटेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ४ को स्थिर रह्यो । व्यापार १।०९ तथा विकास बैंक ०.१४ प्रतिशत बढे ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशत घट्यो । बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटे ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत बढ्यो । लक्ष्मी लघुवित्तको २.६६, धौलागिरि लघुवित्तको २.३३, भुजुङ हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य बढ्यो ।

शिखर पावरको मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशत घट्यो । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ७.७९, त्रिशुली जलविद्युतको ६.९८ तथा झापा इनर्जीको ५.८३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी