'कर्णाली करिडोरमा डोजर दुर्घटना: दुई सुरक्षित, एक अझै बेपत्ता'

५ घण्टा अगाडि

बाजुरा र कालिकोट जिल्लाको सिमानास्थित लैफुडाँडाको भिरबाट डोजर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।

कर्णाली करिडोर सडकअन्तर्गत चलिरहेको डोजर करिब १५० मिटर तल भिरमा खसेको हो । डोजरमा चालकसहित तीन जना सवार रहेकामा चालक र एक जना भने सकुशल रहेका छन् भने अर्को एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ । उनले भने, “डोजरमा चालकसहित तीन जना रहेका थिए । चालक र एक जना सुरक्षित छन् भने अर्को एक जना बेपत्ता छन् ।”

बेपत्ता व्यक्तिको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । साथै, थप खोजी तथा उद्धारका लागि कालिकोटबाट नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भइरहेको सूचना अधिकारी शाहीले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

सुनको भाउ फेरि उकालो: प्रतितोला २ लाख ९९ हजार नाघ्यो

मध्यपहाडी लोकमार्ग अवरुद्ध बस र ट्रकसहित दर्जनौं सवारी रोकिए

रुपन्देहीमा विशेष स्वीप अप्रेसनस:  शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा १०३ जना नियन्त्रणमा

झाडापखालाका कारण सात वर्षीय बालकको मृत्यु

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

गर्भपतनमा संग्लन डा. सतिस रुपाखेती निलम्बन, ईन्दुलेखा क्लिनिक र जोनल फार्मेसी बन्द

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको नेतृत्वमा नवीन थापा मगर