'मध्यपहाडी लोकमार्ग अवरुद्ध बस र ट्रकसहित दर्जनौं सवारी रोकिए'

५ घण्टा अगाडि

हावाहुरीसँगै परेको असिनापानीले मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वर्षा हुँदा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका १० वटा रात्रिकालीन बस रोकिएका छन् । त्यस्तै ६ वटा मालवाहक ट्रक पनि सोही स्थानमा रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन भूमे गाउँपालिकाले जेसीबी परिचालन गरेको छ । तर, निरन्तर ढुंगा र लेदो खसेका कारण सडक खुलाउन समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ ।

हावाहुरी र वर्षाले केही घरमा र गहु बालीमा पनि क्षति पुर्‍याएको छ। क्षतिको विवरण संकलन भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

कर्णाली करिडोरमा डोजर दुर्घटना: दुई सुरक्षित, एक अझै बेपत्ता

सुनको भाउ फेरि उकालो: प्रतितोला २ लाख ९९ हजार नाघ्यो

रुपन्देहीमा विशेष स्वीप अप्रेसनस:  शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा १०३ जना नियन्त्रणमा

झाडापखालाका कारण सात वर्षीय बालकको मृत्यु

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

गर्भपतनमा संग्लन डा. सतिस रुपाखेती निलम्बन, ईन्दुलेखा क्लिनिक र जोनल फार्मेसी बन्द

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको नेतृत्वमा नवीन थापा मगर