'कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ'

५ घण्टा अगाडि

कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।

खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो ।

गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल पक्राउ परेका छन् । हमाल घर नजिकै कुखुराको फर्ममुनि लुकाइएको अवस्थामा खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै, घोडाघोडी नगरपालिका–५ देउकलियाबाट १९ वर्षीय पूर्ण बहादुर विष्ट र १९ वर्षीय सुरज नेपालीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७० ट्याब्लेट र एक थान चक्कुसहित पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २८ वर्षीय जीवन बहादुर खड्का र पुनर्वास नगरपालिका–६ कञ्चनपुरकी १८ वर्षीया किशोरी पक्राउ परेका छन् । उनीहरूलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ३२ वर्षीय हर्क बहादुर देउवा र ३६ वर्षीय दिल बहादुर चौधरी ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाटस्थित पसलबाट ९ ग्राम ८३० मिलिग्राम चरेश जस्तो देखिने पदार्थसहित पसल सञ्चालक ४० वर्षीय गोर्खे दमाई र उनका १८ वर्षीय छोरालाई पक्राउ गरिएको छ ।

यस्तै शुक्लाफाँटा नगरपालिका–१० नगरपालिका रोडबाट २१ दशमलव ४७ ग्राम चरेश जस्तो देखिने पदार्थसहित ७० वर्षीय भीम बहादुर ऐर पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

तनहुँमा बस दुर्घटना

विपिन जोशीको परिवारलाई १० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार नेप्सेमा सामान्य सुधार, १.५४ अंकले बढ्यो

टिकटकमार्फत महिलाहरुलाई झुक्याएर ठगी गर्ने एक जना पक्राउ

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

सुन प्रतितोला २ लाख ९६ हजारमा, चाँदी ४,९४५ मा झर्‍यो

सरकारी निर्णयको विरोधमा सुकुमवासी र युवाहरू सडकमा

बागमति नदिकिनारमा बसदै आएका सुकुमवासीहरुले बस्ती खालि गर्न सुरु