'बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ'

४ दिन अगाडि

प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।

पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन् । उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चैत ३० गते साँझ करिब ५ः३० बजे सामान्य ग्राहकको रूपमा सुन पसलमा प्रवेश गरेका उनीहरूले सुन किन्ने बहानामा चोरी गरेका थिए । चोरीपछि पसलबाट बाहिर निस्कँदा मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास गरेको पनि खुलेको छ । उनीहरूले रुपन्देहीको योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत चोरी गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका महिलाहरूले रुपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको खुलेको छ । उनीहरूले नगद देखाउने तथा गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाएको पाइएको छ ।

हाल उनीहरूविरुद्ध चोरी तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने