'देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना'

२ महिना अगाडि

देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले दुई दशकभन्दा लामो शैक्षिक यात्रा तय गर्दै २४ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । सानो संरचना र सीमित विद्यार्थीबाट सुरु भएको विद्यालय आज नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार एक सय विद्यार्थीको अध्ययन हुने शैक्षिक संस्थाका रुपमा विस्तार भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा बाहिर निकालेर शैक्षिक र सामाजिक उत्सवका रुपमा मनाउने तयारी गरिएको बताए । उनले भने, ‘हामीले वार्षिकोत्सवलाई विद्यार्थीको प्रतिभा प्रदर्शन, अभिभावकको सहभागिता र समुदायसँगको सहकार्यको अवसरका रुपमा लिएका छौं । विद्यालयको समग्र विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुन्छ ।’

यसैक्रममा माघ २७, २८, २९ र फाल्गुन १ गते खेलकुद सप्ताह सञ्चालन गरिएको छ । कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई तहगत रुपमा विभाजन गरी प्रतियोगिता गराइएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुभकान्त न्यौपानेले खेलकुदले विद्यार्थीको आत्मविश्वास र सहकार्य भावना बढाउने बताए । उनले भने, ‘पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता आवश्यक छ । यसले विद्यार्थीलाई बहुआयामिक रुपमा विकास गर्न सहयोग पुर्‍याउँछ ।’

फाल्गुन ४ गते १२ औँ जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने भएको छ । रुपन्देही जिल्लाका ९० वटा विद्यालयमा पत्राचार गरिएको प्रतियोगितामा प्रथम रु १०,०००, द्वितीय रु ७,५००, तृतीय रु ५,००० र सान्त्वना रु २,५०० नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । छनोटमा परेका विद्यार्थीलाई यातायात खर्च रु १,००० उपलब्ध गराइनेछ भने सहभागी सबैलाई प्रमाणपत्र दिइने व्यवस्था गरिएको छ ।

देवदह बुद्ध पब्लिकले हरेक वर्ष जिल्ला स्तरीय हाजिरीजवाफ गर्दै आएको छ । जसलाई विद्यालयले ज्ञानको प्रतिष्पर्धा भनेको छ ।

प्रिन्सिपल गैरेले जिल्लास्तरीय प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमताको विकासमा सहयोग पुग्ने बताए । उनले भने, ‘हामीले निरन्तर रुपमा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाएको छ ।’

फाल्गुन ७ गते फुड फेस्टिवल, स्वास्थ्य शिविर तथा अभिभावक खेलकुद कार्यक्रम आयोजना गरिने भएको छ । चार सदनले फरक–फरक समुदायका पोशाक र परिकार प्रस्तुत गर्नेछन् । +२ तर्फका तीन स्टलसहित जम्मा ७ वटा स्टल रहने जनाइएको छ ।

अध्यक्ष न्यौपानेले विद्यालय र अभिभावकबीच सम्बन्ध सुदृढ बनाउन यस्तो कार्यक्रम उपयोगी हुने बताए । उनले भने, ‘विद्यालय शिक्षाको केन्द्र मात्र होइन, समुदायसँग जोडिने साझा स्थल पनि हो । अभिभावकको सक्रिय सहभागिताले विद्यालयलाई थप बलियो बनाउँछ ।’

वार्षिकोत्सव दुई चरणमा सञ्चालन हुनेछ । फाल्गुन ८ गते कक्षा नर्सरीदेखि ४ सम्म र फाल्गुन ९ गते कक्षा ५ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन् । कक्षागत नृत्य, भेषभूषा तथा पेशागत भेषभूषा प्रदर्शनी, विज्ञान प्रदर्शनी, नाटक, विद्यार्थी गायन, कर्मचारी सम्मान र विद्यार्थी सम्मान कार्यक्रमको मुख्य आकर्षण रहनेछन् ।

वार्षिकोत्सवको मूल समारोहमा कक्षा ८, एसइई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी, उत्कृष्ट शिक्षक-कर्मचारी सबैलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको प्रिन्सिपल गैरेले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रम गर्न १२ लाख लागत लाग्ने अनुमान गरिएको विद्यालयले जनाएको छ ।

यसैबीच देवदह बुद्ध पब्लिककै व्यवस्थापनमा संचालित बुद्ध पब्लिक मन्टेश्वरीको पनि शनिवार वार्षिकोत्सव समारोह आयोजना गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने