'रुपन्देही ५ (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी'

३ वर्ष अगाडि

रुपन्देही // लुम्बिनी प्रदेश सभामा जनमत पार्टीका चन्द्रकेश गुप्ताकालागि ढोका खुल्ला गरिएको छ भने यस अघि नेपाली कांग्रेसबाट विजयी भइ सभासद भएका फकरुद्धिन खाँनको भने आगामी ५ बर्षका ढोका बन्द भएको छ। गुप्ताले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा १२ हजार ९ सय ४१ मत लिएर विजयी भएपछि प्रदेश सभामा प्रबेश गर्ने ढोका खुल्ला भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं. ५ गैडहवाले भर्खरै सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेसका फकरुद्धिन खाँनलाई १ हजार २ सय ९० मतान्तरले पराजित गरी लुम्बिनी प्रदेश सभा सदस्यमा विजयी भएका हुन।

३७ हजार १ सय ४५ खसेको मतमा गुप्ताले १२ हजार ९ सय ४१ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका फकरुद्धिन खाँनले ११ हजार ६ सय ५१ मत प्राप्त गरेका थिए। यस्तै तेश्रो स्थान रहेका नेकपा एमालेका रामचन्द्र यादवले ४ हजार ८ सय ३८ मत प्राप्त गरेका छन।यस्तै लोकतान्त्रिक समाजवादीका अवुल कैैयस मुलमानले १ हजार ५ सय २४ मत प्राप्त गरेका छन।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते