'एकदिवशीय क्रिकेटमा दीपेन्द्रको दोस्रो शतक'

३ वर्ष अगाडि

काठमाडौं । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा दोस्रो शतक बनाएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको सेमिफाइनलमा दीपेन्द्रले प्रतियोगिताको आफ्नो दोस्रो शतक पूरा गरेका हुन् ।

उनले १०७ बलमा ९ चौका र ३ छक्कासहित शतक पूरा गरेका हुने । चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले आरिफ शेखसँग १५० रनभन्दा बढीको साझेदारी गरिसकेका छन् । पाँच ओभरको खेल बाँकी रहँदा दीपेन्द्र १२० र आरिफ ५१ रन बनाएर खेलिरहेका छन् ।

यी दुईको लामो साझेदारीले टस हारेर ब्याटिङ गरेको पुलिस ठूलो योगफलतर्फ अग्रसर छ । ४५ ओभरको खेल सकिँदा पुलिसले ३ विकेट गुमाएर २३५ रन बनाएको छ । यसअघि ओपनर कुशल भुर्तेलले ३१, सुनील धमलाले १३ र अमित श्रेष्ठले १० रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी