'टी–२० विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायो'

४ वर्ष अगाडि

एजेन्सी । हाल जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार इङ्ग्ल्यान्ड र न्युजिल्यान्डबीच भएको खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हराएको छ । इङ्ग्ल्यान्डको जितपछि समूह–१ मा रहेका तीन टिमको समान ५ अंक बन्न पुगेका। चार खेलपछि न्युजिल्यान्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाबीच पाँच अंक रहेको छ। तथापि रन रेटका आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थान र तेस्रो स्थानमा अस्ट्रेलिया । चौथो स्थानको श्रीलंकाको ४ अंक छ । उनीहरूले थप एक खेल खेल्न बाँकी छ । अब अन्तिम चरणमा आयरल्यान्ड–न्युजिल्यान्ड, अस्ट्रलिया– अफगानिस्तान र इंग्ल्यान्ड–श्रीलंका भिड्दैछन् ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ६ विकेटको क्षेतिमा १७९ रन बनाउँदै १८० रनको टार्गेट दिएको थियो । सो लक्ष्य पछ्याएको न्युजिल्यान्डले जम्मा १५९ रन मात्र जोड्न सक्यो । इंग्ल्याण्डको जितमा ओपनर जोस बटलरको ७३ रन र एलेक्स हल्सले ५२ रन तथा बलर क्रिस ओएक्स र साम कुरानले लिएको २–२ विकेट महत्वपूर्ण रह्यो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु