'६करोड २४ लाखबढी भ्रष्ट्राचार आरोप लागेका भण्डारी माओवादी केन्द्रबाट प्रतिनिधीसभाामा सिफारिस'

४ वर्ष अगाडि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ३० वर्षीय भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा छ । तर उनै भण्डारी नेकपा माओवादी केन्द्रको गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभााबाट उमेदवारमा सिफारिस भएका छन ।
नायव सुब्बा सरहको जागिर छाडेर २ वर्षअघि बिथ ल्याबमार्फत व्यवसायमा लागेका भण्डारीले छोटो अवधिमा अकुत सम्पत्ति कसरी आर्जन गरे ३० वर्षीय भण्डारी ६ वर्षअघि अर्थात २०७३ असोजमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्रमा वरिष्ठ व्यवस्थापन सहायकका रुपमा नियुक्त भएका थिए । उनले २०७७ साउन १ गते सो पदबाट राजीनामा दिएर गुल्मीमै राजनितिक रुपमा सकृय रहेका छन।

हेर्नुस् राजीनामाको जानकारी
ग्रामीण विकास प्रशिक्षण केन्द्रमा रहेकै बेला उनी माओवादी नेता हितराज पाण्डे स्थानीय विकास मन्त्री हुँदा काजमा झापा पुगेमा भण्डारी झापाबाट मन्त्रालयमा पुगे । माओवादी वृत्तमा उनको अस्वभाविक विकास र पहुँच बढ्दै गयो ।
पाण्डेलाई तत्कालीन कांग्रेस माओवादी गठबन्धनको भागबण्डा मिलाउन स्थानीय विकासबाट पशुपन्छी मन्त्रालयमा सरुवा गरिएपछि उनले राजीनामा दिए । पाण्डे सरकारबाट बाहिरिए पनि भण्डारी बाहिरिएनन् । उनी काजमा ग्रामीण विकास प्रशिक्षण केन्द्रमा फर्किनुपर्नेमा अर्को मन्त्रालयमा पुगे ।

माओवादी नेतृ आशा कोइराला महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला सोही मन्त्रालयमा काजमा गए । कोइरालापछि कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा उनी अर्थमै काजमा सरुवा भए भने परराष्ट्रमन्त्री हुँदा पनि त्यहिँ रहे ।
पछि तत्कालीन नेकपाको सरकारका बेला वर्षमान पुन ऊर्जामन्त्री भएको केही समयपछि भण्डारी ऊर्जामै पुगे । उनले ऊर्जामन्त्रालयमा काजमा रहेकै बेला राजीनामा दिए ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६, साबिकको अर्जै गाविसका भण्डारी सामान्य परिवारका युवा हुन् । उनी शहर पसेपछि माओवादी सम्पर्कमा गए । उतैबाट जागिरे भए र हेर्दाहेर्दै करोडौंको कारोबारी भएपछि गाउँमा उनको चर्चा चल्न थाल्यो ।
दुई तीनवटा हाइड्रोपावर,बिध ल्याब,माडीमा खानी उद्योग र आइटी कम्पनी समेत चलाएको कुरा गाउँमा चलेसँगै उनी माओवादी नेताको रुपमा गुल्मीमा आउजाउ गर्न थाले । माओवादीका गाउँ अधिवेशनहरुमा पूर्व मुख्यसचिव लिलामणी पौडेल र भिमकान्त त्यतिबेला नयाँ र चर्चित पात्र थिए ।

मालिका गाउँपालिकामा गठबन्धनलाई जिताउन ठूलो धनराशी खर्च गरेका भिमकान्त जिल्लाका अरु पालिकामा समेत खटिए । उनलाई आउने निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट माओवादी उम्मेदवारका रुपमा समेत चर्चामा ल्याइयो र हाल माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिस समेत भए।

लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका माओवादी नेता सुदर्शन बराल,जिल्ला नेता बुद्धि जिसी लगायतको गाँस बास कपासको व्यवस्था समेत आफूले गर्ने भएकाले टिकटको चिन्ता नरहेको भण्डारी बताउँथे । केन्द्रमा महरा, वर्षमान पुन लगायतका नेताहरु भएकाले टिकटको उनलाई चिन्ता थिएन । पछिल्लो समय उनी मल आयातको व्यवसायमा समेत लागेका छन ।

भिमकान्तले यति छोटो अवधिमा करोडौं कसरी कमाए भन्ने प्रश्न धेरैले गरिरहेका थिए । अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ । विशेष, अदालतमा दायर मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

उनकै साथमा रहेको सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न माग गरेको छ ।
उनी असार २०७७सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तरगतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारीका रुपमा थिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने