'एकीकृत समाजवादी प्रदेश नंं. १ कमिटीको बैठक सम्पन्न'

४ वर्ष अगाडि

विराटनगर।  नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको शुक्रवार बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ ।
सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकमा प्रदेश सरकार र मन्त्रीहरूसँग सम्बन्धित विषयमा पनि रिर्पोटिङ भएको छ । बैठकले सदस्यता नवीकरण, विस्तारलगायत सबै प्रकारको अभिलेखीकरणको कामलाई भदौ महिनाभरि सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, पार्टीका सचिव तथा सह–इञ्चार्ज एवं प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित प्रदेशका मन्त्रीहरूको उपस्थिति रहेको थियो । शनिबार जनसंगठनका प्रमुखहरूसहितको बैठक बसी थप कार्ययोजना बनाउने सचिव रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु