'एमालेको संगठन ब्यवस्थापन र परिचालन सम्बन्धि कार्यशाला बुटवलमा सुरु'

४ वर्ष अगाडि

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला शुक्रवारदेखि बुटवलमा सुरु भएको छ ।

कार्यशालाले पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याको समाधानमा सहयोग पुग्ने, निर्वाचन केन्द्रित कार्यक्रमको योजना बनाउने, संगठनले गर्ने कामको योजना बनाउने लगायतका विषयमा निष्कर्ष निकाल्ने पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बताए । विश्वकर्माले पार्टीलाई गतिशील बनाउने काममा यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पार्टीको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीभित्र देखिएका समस्या र तिनको समाधानका उपायबारे विचार प्रस्तुत गरेका थिए ।

पार्टीमा अध्ययनमा उदासीनता, आत्मकेन्द्रीत चिन्तन प्रवृत्तिको विकास, निर्देशन–बुझाई र कार्यान्वयनमा देखिएका समस्या, पार्टी सदस्यता र नवीकरण, जनसंगठनको काम र नीति नेतृत्वको महत्त्वका बारेमा उनले बताएका थिए । स्थानीय तहको निर्वाचनमा भएका घात प्रतिघात, त्यसबाट लिनुपर्ने शिक्षा, संस्कार–संस्कृति र कार्यशैली तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा जानकारी उनले गराए ।

सो अवसरमा पार्टी केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारीले वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपले सबल सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ सम्बन्ध बढाउनु तथा शैलीगत रूपमा जनमुखी हुनुपर्ने विचार राखेका थिए ।

कार्यशालामा प्रस्तुत कार्यपत्रमाथि आधारित भएर पाँच वटा समूह बनाएर छलफल गर्ने र दोस्रो दिन प्रस्तुत गर्ने योजना रहेको छ ।

कार्यशालामा प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेशभित्रका सबै जिल्लाका पार्टी अध्यक्ष, इन्चार्ज, सह इन्चार्ज, संगठन विभाग प्रमुख, जनसंगठनका प्रमुख लगायतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

शनिवार हुने कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षण दिनेछन् । प्रदेश कमिटीले साथै यही २०–२१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसमा उपाध्यक्षद्वय सुभाष नेम्वाङ र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनेछन् ।

प्रदेशको प्रशिक्षणपश्चात् जिल्ला एवं वडा तथा टोल स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले बताए । कंडेलले पहिले पार्टीको संगठनात्मक संरचनाबारे तयारी गरेपछि प्रदेश स्तरको प्रशिक्षण गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने