'सुकुम्वासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय'

४ वर्ष अगाडि

बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्वासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

पदभार ग्रहणसँगै बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहीन सुकुम्वासी जनताको अल्पकालीन तथा दीर्घकालीन समस्या समाधान गर्नको लागि लगत संकलन भएकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रक्रिया बाँकी रहेकाहरूको लागि प्रक्रिया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।

त्यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय नवनिर्वाचित जनप्रतिनिधिले गरेका छन् । उपभोक्ताको हितको लागि स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोग्य बस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मूल्यलाई सन्तुलन कायम गर्न प्राथमिकता दिइएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमन अनुगमन गरी आम उपभोक्ताको हित प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

बुटवल उपमहानगरपालिकामा सोमबार नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गरे लगत्तै नगरपालिकामा प्रस्ताव भइआएका यी दुई निर्णय सदर गरेका हुन् । त्यस्तै रुपन्देहीको देवदह नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले पदभार ग्रहण गर्दै दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

देवदह नगरपालिकालाई पूर्ण स्वास्थ्य बिमायुक्त नगरपालिका बनाउनका लागि सम्पूर्ण नगरवासीहरूलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन आह्वान गर्ने निर्णय गरेका छन् । यस्तै देवदह नगरपालिकाको सुशासन प्रवर्द्धनका लागि प्रत्येक ६/६ महिनामा अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्भपतनका क्रममा महिलाको मृत्यु भएपछि डाक्टर सहित क्लिनिक संञ्चालक पक्राउ

पश्चिमी र स्थानीय वायुको प्रभावको कारण आज बुटवल-भैरहवा आसपासमा तातो हावा चल्ने

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं