'गर्भपतनका क्रममा महिलाको मृत्यु भएपछि डाक्टर सहित क्लिनिक संञ्चालक पक्राउ'

३ घण्टा अगाडि

गर्भपतनका क्रममा पाल्पाकी २९ बर्षिय गिता पाण्डेको मृत्यु भएपछि उपचारमा संग्लन  तिन क्लिनिक संञ्चालक सहित दुइजना डाक्टरहरु गरि पाँचजना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा बुटवलको इँटाभट्टीमा रहेको खत्री नर्सिङ होमका संञ्चालक डाक्टर डिबी खत्री, इन्दुलेखा स्वास्थ संस्था प्रा.लि.का संञ्चालक तथा डाक्टर सतिस रुपाखेती, इन्दुलेखा स्वास्थ क्लिनिकका संञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र जोनल फार्मेसीका संञ्चालक निलम घर्ती मगरलाई प्रहरीले प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएपी निरञ्जन श्रीवास्तवले जानकारी दिए ।

गीता पाण्डेको गर्भपतन गराउने क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले बुटवलका विभिन्न स्वास्थ्य संस्थामा तालाबन्दी समेत गरेका छन् । उनिहरुले

बुटवलस्थित खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका हुन् । दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्व–पश्चिम राजमार्गअन्तर्गत चौराहा क्षेत्रमा सडकसमेत अवरुद्ध गरेका थिए ।

मृतक गीता पाण्डे करिब १२ हप्ताकी गर्भवती थिइन् । गर्भ अस्वस्थ भएको भन्दै उनी ५ वैशाखमा श्रीमान सहित बुटवलको इँटाभट्टी क्षेत्रमा रहेको खत्री नर्सिङ होम पुगेकी थिइन् । यसअघि २७ चैतमा पनि सोही स्वास्थ्य संस्थामा जाँच गराएकी थिइन् ।

नर्सिङ होमका डा । डीबी खत्रीले गर्भ असामान्य रहेको बताउँदै ४ वैशाखमा पुनः बोलाएका थिए । त्यसपछि ५ वैशाखमा पुगेकी गीतालाई खत्री नर्सिङ होमले लोकेसन म्यापसहित जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो । त्यहाँबाट इन्दुलेखा क्लिनिक पुर्‍याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनापछि मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए ।

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार जाहेरी दर्तापछि सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डे सोमबार नै पक्राउ गरिएको थियो भने डाक्टर डिबी खत्री र सतिस रुपाखेतीलाई मंगलवार साझ मात्रै पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

पश्चिमी र स्थानीय वायुको प्रभावको कारण आज बुटवल-भैरहवा आसपासमा तातो हावा चल्ने

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ