'लियो लायन्सको संयुक्त आयोजनामा निशुल्क आँखा शिविर'

४ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा स्थापना भएको लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

लियो क्लब अफ लर्ड बुद्ध र लायन्स क्लब अफ बुटवल खस्यौलीको संयुक्त आयोजना, देवदह नगरपालिका वडा नं ३ को कार्यालयको सहयोग र बुटवल लायन्स आँखा अस्पताल को प्राबिधिक सहयोगमा देवदह नगरपालिका वडा नं. ३, बसन्तपुर स्थित फुलबारी आधारभुत बिधालयको प्रांगाणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय २० भन्दा बढिले आँखा परिक्षण साथ साथै बिपि चेक जाच गरेका आयोजक संस्थाको अध्यक्ष शंकर पंगेनीले जानकारी दिनुभयो ।

शिविरमा नि:शुल्क आँखा जाँच गर्नुका साथै नि: शुल्क औसधि वितरण पनि गरिएको थियो । शिविरमा १२ जना मोतिबिन्दुको बिरामी भेटिएका थिए। उक्त शिविरमा मधुमेहबाट आँखामा असर देखा परेका बिरामिहरुलाई भने शल्यक्रिया लागि बुटवल लायन्स आँखा अस्पताल रिफर गरिने र शल्यक्रिया खर्च निशुल्क गरिने आयोजकले बताउनुभएको थियो ।

आँखा शरीरको  महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको हुदा यो शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक लियो अनिस पोखलले बताउनु भेएको थियो ।

कार्यक्रममा लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष शंकर पंगेनी र लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्ष विष्णु उपाध्याय को संयुक्त अध्यक्षतामा, देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष  बैकुण्ठ कुवरको प्रमुख आतिथ्यता , फुलबारी आधारभुत बिधालयको सञ्चालक समिती अध्यक्ष ओम प्रसाद न्यौपानेको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो