'तीन महिने सिलाईकटाई तालिम सम्पन्न'

४ वर्ष अगाडि

देवदह // रुपन्देहिको देवदहमा तिन महिने सिलाईकटाई तालिम सम्पन्न भएको छ। देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा सिक्टहन महिला समूहलाई सिलाई कटाई एड्भान्स तालिम भएको हो।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी देवदह नगरपालिकाको उप मेयर बिध्या लक्ष्मी गुरुङले महिलाहरु अझै पनि विभिन्न कारणले हिंसामा परेका छन्, जस मध्ये एक महिलाहरु आर्थिक रुपले सक्षम नहुन पनि हो । महिलाहरुलाई सिप सिकाएर आर्थिक रुपले सक्षम बनाउन सकियो भने पनि अधिकांस हिंसा न्युनिकरण हुने बताउनुभयो । उहाले कुनै पनि तालिम लिई सकेपछि त्यो प्रमाणपत्रमा मात्रै सीमीत नगरी एउटा सक्षम महिलाको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने कुरा जोड दिनुभएको थियो। महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु नगर पालिकाले व्यवस्था गरेको बताउनुभयो ।

सो अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष बाबुलाल यादवले कुनै पनि सिप सिकिसकेपछि त्यसमा दिृढ विश्वारका साथ निरन्तर रुपमा अघि बढेमा सफल अवस्य हुने बताउनुभयो । वडाबाट गर्न सकिने साथ सहयोग सधै रहने प्रतिवद्धता समेत यादवले गर्नुभयो ।

तालिममा देवदह नगरपालिका अन्तरगत वडा नं १२ का २० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिममा नाजरुन निशा फकिरले प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु