'दारी ग्याङ रुपन्देहीको दोस्रो मासिक बैठक सम्पन्न'

४ वर्ष अगाडि

सामाजिक संञ्जाल मार्फत एकिकृत भएको एउटा समुह हो दारी ग्याङ । दारी ग्याङ को देशैभरी विभिन्न जिल्लामा जिल्लागत हुदै प्रदेश र केन्द्रीय कार्यसमिति रहेको छ । यसै क्रममा दारी ग्याङ रुपन्देही सातौ बर्षको पहिलो अधिवेशन पछीको दोश्रो मासिक बैठक जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा गोलपार्क स्थित दुर्गा भगवती मन्दिर परिसरमा सम्पन्न गरेको छ ।

 

बैठकले दारी ग्याङको नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो प्रकाशन गर्ने, उप-समिति गठन, दारी ग्याङ रुपन्देहीले आगामी शैक्षिक सत्र २०७९ देखि शुरु गर्ने गरि निशुल्क ट्युसन कक्षा सञ्चालन गरिने निर्णय गर्दै दारी ग्याङ रुपन्देहीको स्वास्थ्य संयोजकमा सन्तोष खरेलज्युलाई सर्वसम्वत चयन गरि सम्पन्न गरेको छ । भरत पौडेल को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव खिमनन्द बेल्बासे गरेको असल सुबेदीले जानकारी गराएका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो