'‘गभर्नरलाई हटाउने निर्णय दुर्भाग्यपूर्ण’ : पुर्व अर्थ मन्त्री पौडेल'

४ वर्ष अगाडि

काठमाडौँ — पुर्व उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले यो अत्यन्तै गलत र दुर्भाग्यपूर्ण कदम बताउनुभएको छ । उहाले मुलुकको अर्थतन्त्रलाई अझै गम्भिर संकटतर्फ धकेल्ने बताउनुभएको छ । मुलुकमा वित्तीय र आर्थिक अनुशासन कायम गर्नका लागि गभर्नरले राम्रो पहल गर्दै आएका थिए । त्यसको विरुद्धमा उनलाई कारबाही गरिनु अत्यन्त गलत कुरा हो

सरकारले यो निर्णय तत्कालै सच्याएर फिर्ता लिनुपर्छ । मुलुकमा आर्थिक क्षेत्रमा जुन प्रकारको संकट देखिएको छ, गभर्नर हटाउने सरकारको कदमले आगोमा घ्यू हालेजस्तो आर्थिक संकटलाई अरू तिब्र र भयानक बनाउने निश्चित छ ।

राष्ट्र बैंक ऐन २०५८ का आधारमा चल्ने स्वायत्त संस्था हो । अर्थमन्त्रीले हस्तक्षेप गर्न मिल्दैन । राष्ट्र बैंक आफ्नै कानुनका आधारमा काम गर्ने भएकाले स्वतन्त्र हुन्छ । गभर्नर र अर्थमन्त्री बीचको सम्बन्ध कुनै दलिय आस्थाका आधारमा परिभाषित हुने सम्बन्ध होइन । म अर्थमन्त्री हुँदा (अघिल्लो कार्यकाल) पूर्ववर्ती सरकारले नियुक्त गरेको गभर्नर हुनुहुन्थ्यो । तर, म र गभर्नरबीच कहिलेपनि केही गरेनौं । गभर्नरले राष्ट्र बैंकको कानुनका आधारमा कार्य सम्पादन गर्नका निम्ति हामीले सहज परिस्थिती निर्माण गर्ने काम गर्‍यौं । अर्थ मन्त्रालय र गभर्नरकाबीच जहिले पनि जीवन्त र हार्दिक सम्बन्ध हुनुपर्छ ।
अहिले गभर्नर हटाउने सरकारको निर्णयले अर्थतन्त्रलाई भयानक संकटतर्फ लग्नेछ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत