'देशभरीका घर-घरमा आज चैते दसैं मनाइँदै'

४ वर्ष अगाडि

काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं । देवीको पूजाआजागर्दै मनाइँउने चलन छ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।

पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

दसैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वर्णित छ । आजका दिन शक्तपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु