'अखिल कप २०७८को उपाधी मणिमुकन्द कलेजलाई'

४ वर्ष अगाडि

बुटवल । अनेरास्ववियु रुपन्देहीले स्वर्गीय रामनाथ ढकालको स्मृतिमा सन्चालन गरेको जिल्ला स्तरीय छात्र भलिवल प्रतियोगिता अखिल कप २०७८ सम्पन्न भएको छ ।

३ दिन सम्म संचालन भएको प्रतियोगितामा मणिमुकन्द कलेज प्रथम भएको छ । मणिमुकन्द कलेजले बुटवल बहुमुखी क्याम्पसको टिमलाई २५-१९, २५-२३, २६-२४ को सोझो सेटमा जितेको हो । त्यस्तै यज्ञद्घय दुधनाथ थारु बहुमुखी क्याम्पस तेस्रो भएको छ । विजयी प्रथम टिमलाइ नगद तेत्तीस हजार, ट्रफी र प्रमाण पत्र त्यसैगरी द्वितियलाई नगद बाईस हजार, ट्रफी र प्रमाण पत्र अनि तृतीयलाई नगद एघार हजार ट्रफी र प्रमाण पत्र कार्यक्रम प्रमुख अतिथि नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले प्रदान गर्नु भएको थियो ।

समापन कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, अनेरास्ववियु सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी, कृष्ण बस्याल, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, सचिव प्रकाश पराजुली लगाएतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा कुल २१ टिम सहभागी रहेको आयोजकले जनाएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु