'बलात्कारको झुठा आरोप लगाउने युवतीलाई साढे तीन वर्ष कैद सजाय'

४ वर्ष अगाडि

अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी-१९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ ।

अछामकै रामारोशन गाउँपालिका २० वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती युुवतीले गत फागुन १० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

विवाहको कुरा गर्न माघ १५ गते युवक ती युवतीको घरमा गएका बेला राति एकै कोठामा सुतिरहेको अवस्थामा आफूमाथि करणी भएको आरोप युवतीको थियो ।

तर अदालतमा बकपत्र गर्ने क्रममा ती युवतीले युवकले विवाह गरौं भन्दा घरमा मान्छेको मृत्यु भएको र उमेर पुगेपछि बिहे गरौंला भनेका कारण आफूले रिसले मुद्दा दायर गरेको बयान दिइन् ।

उनले ती युवकसँग सहमतिमै करणी भएको समेत स्वीकार गरेको देखिएकाले पीडित भनिएकी युवतीले युवकलाई झुठा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिवादीलाई झुठा मुद्दामा फसाउने प्रयत्न गरेबापत ती किशोरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ बमोजिम तीन वर्ष ६ महिना कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो