'जनताका मोर्चासामू परमादेशी मोर्चा टिक्नै सक्दैन – एमाले महासचिव पोखरेल'

४ वर्ष अगाडि

कपिलबस्तु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको मोर्चाले परमादेशबाट गठन भएको ५ दलीय गठबन्धन नामको परमादेशी मोर्चालाई परास्त गरेरै छाडने उदघोष गर्नुभएको छ । कपिलबस्तुमा आज आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो घोषणा गर्नुभएको हो ।
‘देशभरी एमाले प्रवेश गर्नेहरुको लहर छ, एमालेलाई घेराबन्दी गरेर देशलाई असफल बनाउन खोज्नेहरु बिरुद्धको नागरीकको मोर्चा बनेको छ, त्यसको नेतृत्व एमालेले गरेको छ । अवको निर्वाचनमा परमादेशी मोर्चालाई जनताको मोर्चाले परास्त गरेरै छाडने छ,’ लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमाले महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले अव एमालेसँग लडन सक्ने ताकत पाँच दलीय मोर्चामा पनि नभएको ठोकुवा गर्नुभयो । ‘अव मुलुक बिकास र समृद्धीको बाटोमा हिडन चाहन्छ एमालेले नै बिकास र समृद्धीको अगुववाई गर्छ भनेर एमालेलाई चौतर्फी घेराबन्दी गरीयो तर जनताको लहर एमालेप्रति छ भन्ने तथ्य स्थापित भइसकेको छ,’ पार्टी प्रवेश कार्यक्रममा पोखरेलले भन्नुभयो, ‘एमाले स्वाभिमान र स्वाधिनताका पक्षमा हिडेका कारण जनताको लहर एमालेप्रति आर्कषित भएका कारण घेराबन्दी गरीयो । अव एमालेले कपिलबस्तु त जित्छ जित्छ देश भरी नै जित्छ ।’

महासचिव पोखरेलले मुलुकको बिकासको नेतृत्व गर्ने नायक केपी ओली नै रहेको तथ्य पनि राख्नुभयो । ‘अवको मुल काम जनताको जिवनमा परिवर्तन ल्याउने कुरा हो, मुलकको समृद्धीको नायक नेकपा एमाले हो, समृद्धी नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको नायक केपी ओली हो,’ पोखरेलले भन्नुभयो, ’हिजो एमालेलाई मधेश बिरोधी बनाईयो तर मधेशका जनताले पत्याएनन, तराई मधेशको बिकासको अभियान केपी ओलीको नेतृत्वमा सूरु भएको हो। अरुबाट त्यो सम्भव छैन भन्ने मधेशका जनताले बुझिसक्नु भएको छ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी