'देवदह जेसीजद्वारा प्रभावकारी बैठक एवम् संसदीय प्रक्रिया तालिम'

४ वर्ष अगाडि

ललिता घिमिरे , देवदह । देवदह जेसीजद्वारा आयोजित प्रभावकारी बैठक एवम् संसदीय प्रक्रिया तालिम सम्पन्न भएकाे छ । वर्ष २०२२ का अध्यक्ष जेसी नेमराज न्यौपाने (राजेन्द्र)काे अध्यक्षता र देवदह नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष जेसी अनिलबहादुर शाहीले प्रसिक्षण दिनुभएकाे थियाे । अध्यक्ष न्याैपानेले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएकाे थियाे । कुनै पनि बैठककाे आयाेजना कसरी गर्ने, संचालन कसरी गर्ने, बैठक आयाेजना गर्दा क्रमसङ्गत, नितिगत विधि विधान लगायत बारे तालिममा सिकाईएकाे थियाे । संसदिय कार्यविधि प्रकियाका बारेमा आवश्यक जानकारी तालिममा गराईएकाे थियाे । कार्यक्रममा न्यु नमुना ईङ्गलिस बाेर्डिङ्गका प्राधानाध्यापक हाेमनाथ ढुङ्गाना, चेलि कृषि सहकारी संस्थाकाका अध्यक्ष साबित्रा बश्याल, संस्थाका संस्थापक अध्यक्ष जेसि सिनेटर विजय गुरूङ्ग लगायतले बाेल्नुभएकाे थियाे ।

प्रमुख प्रशिक्षक एवम् कार्यक्रमका विशिष्ट अतिथि शाहीले आगामी दिनकाे नेतृप्वमा पनि यस्तै साथ र सहयाेग रहने बताउनुभयाे । देवदह जेसिजका पुर्व उपाध्यक्ष चित्रबहादुर आलेकाे स्वागत र महासचिव दुर्गा दाहालकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे । तालिममा सहकारी सस्था, देवदहका  विध्यालयका शिक्षक, आमा समुहका पदाधिकारी लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू गरी एकसय जना भन्दा बढीकाे सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु