'रुपन्देहीको गैडहवामा बाल विवाह अन्त्य गर्न बालिका बिमा'

४ वर्ष अगाडि

भैरहवा । विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि पश्चिम तराईका जिल्लामा बालविवाहको समस्या भयावह छ । दाईजो, उपयुक्त वर, पारिवारिक कलह आदिका कारण रुपन्देहीमा पनि २० वर्ष उमेर पुग्नु अगावै विवाह गरिदिने गरिएको छ । यस्तै समस्या मध्येको एक हो रुपन्देहीको गैडहवा गाउँपालिका ।

बालविवाहको कारण बालिकाहरुको अध्ययन प्रभावित हुनुको साथै अपरिपक्व उमेरमै उनिहरुको विवाह हुने गरेको कारण गैडहवा गाउँपालिकाले यसको समाधानको लागि पहल गरेको छ । गाउँपालिकाले बालविवाह बारे जनचेतना फैलाउने काम मात्र गरेन भविष्यमा यो समस्या आउन नदिन जन्मिने बित्तिकै बालिकाहरुको बीमा गरिदिने गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर यसको ब्यवस्थापन गर्ने गरेको छ ।

कार्यविधि अनुसार, बालिका जन्मेको ३५ दिन वा सो आर्थिक वर्षभित्र जन्मदर्ता गरी अभिभावकले वडा कार्यालयमा बीमाका लागि निवेदन दिनुपर्छ । वडा कार्यालयले सिफारिश गरेपछि गाउँपालिकाले तोकेको संस्थामा खाता खोलिदिन्छ । बालिका २० वर्ष पुगेपछि साँवा(ब्याजसहित झण्डै ३ लाख ८० हजार रुपैया निकाल्न मिल्छ । बालिकाको २० वर्षअघि बिहे भयो भने बीमा रकम पाइँदैन । प्रारम्भिक कक्षा पढ्न नपठाए पनि त्यस्ताको बीमा रोकिने प्रावधान रहेको छ। “बेटी बचाउ, बेटी पढाउ” अभियान अन्र्तगत स्थानिय तहको निर्वाचन जिते लगत्तै बालिका बिमाको सुरुवात गरिएको गैंडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । उनले बालविवाह अन्त्य गर्नु नै यस कार्यक्रमको मूख्य उद्देश्य रहेको बताए ।

कार्यक्रम अन्तरगत बालिकाका अभिभावक कार्यविधिले तोके बमोजिमको कागजात सहित गाउँपालिकामा सम्पर्क गर्नु पर्ने र यसरी आएको निवेदनमा गाउँपालिकाले २० हजार र सम्बन्धित अभिभावकले ५ हजार ५ सय रुपैया जम्मा गर्नु पर्ने प्रावधान रहेको छ । अति विपन्न नागरिकको हकमा भने अभिभावकले जम्मा गर्नु पर्ने रकम गाउँपालिकाले नै जोहो गर्ने गरेको छ । कार्यक्रमले बालविवाह मात्र नभई मातृ(शिशु मृत्युदर, भ्रुण हत्या लगायत समेत अन्त्य गर्ने गाउँपालिकाको भनाई छ ।

बालिका बीमाको लागी गाउँपालिकाले प्रत्येक बर्ष बजेट बिनियोजन गर्ने गरेको छ । गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले २०७५ साउन १ गते देखी यो कार्यक्रम लागु भएको जनाए । कार्यक्रम सुरु भएको आर्थिक बर्ष २०७५र०७६ मा २१ जना, आर्थिक बर्ष २०७६र०७७ मा ६७ जना र २०७७र०७८ मा ७५ जना गरि १ सय ६३ जना बालिकाहरुको बिमा गरि सकिएको छ । यस्तै चालु आर्थिक बर्षको पहिला चौमासिकमा ६८ जना बालिकाहरुको बिमाको लागी लेखा शाखामा फाईल पठाएको उनले जनाए । गाउँपालिकाको यो प्रयासको स्थानियहरुले पनि साथ दिएका छन् । गाउँपालिकाले नै बीमा बापत २० हजार दिने भएपछि अभिभावकहरू पनि खुशी देखिएका छन । गैडहवा–३ का स्थानिय अजय कुमार सहानीले छोरीको विवाहको लागी गाउँपालिकाले पहिलेनै ब्यवस्था गरि दिएकोमा खुशी ब्यक्त गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो