'कांग्रेस रुपन्देही : ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा'

४ वर्ष अगाडि

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियान सफल पार्ने विभिन्न कार्यक्रम गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई बढी भन्दा बढी सिटमा जिताउन पार्टीको केन्द्रिय समितिले सुरु गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन कांग्रेस रुपन्देहीले पनि अभियान चलाउने भएको हो । कांग्रेस केन्द्रिय कार्यसमितिको २५ गते बुधबार बसेको बैठकले देशभर ७७ वटै जिल्लामा केन्द्रिय सदस्य प्रतिनिधिको रुपमा खटाएको छ ।

कांग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम रुपन्देही जिल्लाको लागि केन्द्रिय प्रतिनिधिको रुपमा पार्टीका प्रभावशाली नेता, केन्द्रिय समिति सदस्य, पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा आउने भएका छन् । अभियान फागुन २९ देखि चैत २९ गतेसम्म १ महिनासम्म हुने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । जनताको कुरा सुन्न कांग्रेस घर–घरमा जानको लागि २९ गते केन्द्रिय समिति सदस्य, पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाको उपस्थितिमा पार्टीले आम भेला राखेको उनले जानकारी दिए ।फागुन २९ गते भेला र ३० गते बैठक राखिएको छ । उक्त भेलाको लागि कांग्रेस रुपन्देहीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु, उपमहानगर नगरपालिका, नगरपालिका, गाँउपालिका, वडा तहका सम्पूर्ण पदाधिकारी सदस्य र अन्य क्रियाशिल सदस्यहरुलाई भैरहवा पार्टी कार्यालयमा उपस्थितिको लागि कांग्रेसले आव्हान गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो