'सिक्टहन मा.वि मा शैक्षिक सामाग्री वितरण'

४ वर्ष अगाडि

ललिता घिमिरे , फागुन २६ । नेपाल तरुण दल देवदह नगर समितिले अनिश पुरी तेस्राे स्मृति दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल तरुण दल देवदहका सदस्य स्वं अनिश पुरीको सम्झनामा श्री सिक्टहन मावि देवदह-१२ ढाेलबजवामा विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो । दुधनाथ कुवरकाे संयाेजनमा ४ विद्यालयका करिव ५० विद्यार्थीलाई झाेला र कापि वितरण गरिएकाे छ । सिक्टहन मावि, सुकुन्धरा देवी आधारभुत विद्यालय, शंखर आधारभुत विद्यालय र जनता आधारभुत विध्यालय देवदहका गरिव तथा जेहेन्दार विध्यार्थीलाई झाेला र कापि वितरण गरिएकाे समितिले जनाएकाे छ । साथै सहभागी विध्यालयलाई पुरी परिवारले ५ हजार का दरले रकम सहयाेग गरेकाे छ ।

तरुण दल देवदहका अध्यक्ष मोहन जि.सीको अध्यक्षता र पूर्व राज्य मन्त्री एवंम नेपाली काग्रेस केन्द्रीय सदस्य अव्दुल रज्जाकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रिय सचिव विजय गुरूङ्, महाधिवेशन प्रतिनिधि मिना पाैडेल, पुर्व क्षेत्रय सभापति विश्वनाथ यादव, देवदह नगर सभापति गुनाखर भुर्तेल, नेपाली कांग्रेस वार्ड नं १२ का वार्ड सभापति वेगबहादुर थापा, अनिश पुरीकाे परिवार लगायतकाे सहभागितामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा बाेल्दै अध्यक्ष जि.सिले अनिस पुरी स्मृति दिवस यसैगरी हरेक वर्ष मनाईने बताउनु भएकाे थियाे । विष्णु न्याैपानेकाे स्वागत र सचिव किशन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी