'समाज परिवर्तनमा विद्यार्थीको महत्वपुर्ण भुमिका हुन्छ : मेयर थारु'

४ वर्ष अगाडि

कपिलवस्तु //समाज परिवर्तनमा विद्यार्थीको महत्वपुर्ण भुमिका रहने वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले बताउनु भएको छ । नेपाल स्काउट लुम्बिनी प्रदेश स्काउटको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा कोभिड १९ संक्रमण रोकथामका लागी मास्क सुनिश्चिततामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । हरेक क्षेत्रबाट हेर्दा विद्यार्थीमा स्काउटको आवश्यक पर्ने हुर्दा हरेक विद्यालयमा स्काउट आवश्यक रहेको उहाँले तर्क गर्नु भयो । मेयर थारुले स्काउटले माक्स सुनिश्चित कार्यक्रम विद्यालयमा ल्याएकोमा धन्यावाद ज्ञापन समेत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै वडा नं ८ का वडा अध्यक्ष गुणनिधी भुसालले स्काउट संस्था सबै भन्दा धेरै बालबालिका भएको संस्था बताउदै यसले बालबालिकालाई अनुशानको क्षेत्रमा डोराउन ठुलो टेवा पुग्ने बताउनु भयो । सोही अबसरमा वाणगंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डिवी रेस्मी,प्राचार्य कुलराज पौडेलले नेपाल स्काउटलाई धन्यवाद दिदै स्काउट शिक्षा संग जोडिएको हुर्दा स्काउटले विद्यार्थीमा अनुशासन सँगै उत्पेरणको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।नेपाल स्काउट प्रदेश सदस्य भगवती न्यौपानले कार्यक्रमको उदेश्य बारेमा बताउदै कोरोनाले फेरि पनि विद्यालयमा असर नपरोस र माक्स सुनिश्चितता कार्यक्रम कार्यक्रममा मात्रै सिमित नरहेर यसले बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउनको लागि कार्यक्रम गरिएको बताउनु भयो। जेसिज वर्ष २०२२का अध्यक्ष गुरुदेव पौडेल, मेचिमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु जिल्ला संयोजक चन्द्रा अर्यालले नेपाल स्काउटले गदै आएको कामको प्रशसा गर्दै आगामि दिनमा यसमा आफुहरुको पनि साथ सहयोग रहने बताउनु भयो । वाणगंगा बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा प्रदेश सदस्य सन्दिप आचार्यको अध्यक्षता र प्रदेश अधिकृत तारा पुरिको सञ्चालनमा भएको थियो। कार्यक्रममा सैनामैना स्काउट क्रियु सदस्य मेचिमाहाकाली जिल्ला सचिव अन्जु बन्जाडे , कोषाध्यक्ष निरमला न्यौपाने लगायत सदस्य र शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आज नै श्री झन्डा माध्यमिक विद्यालय मधौलिमा पनि मास्क सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सायक प्राचार्य किरण पन्थी र अभिभावक संघका अध्यक्षण भरत कार्कीले विद्यार्थीको क्षेत्रमा काम गरेको प्रति नेपाल स्काउलाई धन्यवाद दिनु भएको थियो । बाणगंगा मावि लौगाईमा १७ हजार ५ सय र श्री झन्डा माध्यमिक विद्यालय मधौलिमा ७ हजार ५ सय माक्स वितरण भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित