'देवदह खानेपानीमा चुनावी सरगर्मी, एमाले र ६ दलीय गठबन्धन आम्नेसाम्ने'

४ वर्ष अगाडि

सुरज भट्टराई, रुपन्देही। शनिबार हुन लागेको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनका लागि उम्मेद्वारहरु छुट्टाछुट्टै प्यानल बनाएरै चुनावी मैदानमा होमिएका छन् । एकल उमेदवारी दिएको एमालेले निर्वाचनमा ६ दलिय गठबन्धनको सामना गर्नुपर्ने छ।
नेकपा माओबादी केन्द्र, नेपाली काङ्ग्रेस , राप्रपा, राष्ट्रिय जनमोर्चा , नेकपा एकीकृत समाजबादी र क्रान्तिकारी माओबादीले गठबन्धनको तर्फबाट उमेदवारी दिएका छन।

एमालेले पार्टीका जिल्ला कमिटी सदस्य तथा देवदह खानेपानीका निवर्तमान अध्यक्ष गुमानसिह कुवरलाई अध्यक्षका रुपमा अघि सारेको छ भने, गठबन्धनले नेकपा माओवादी केन्द्रका मोतिलाल ढकालको नेतृत्वमा प्यानल बनाएर चुनाबी मोर्चा कसेको छ।
यसैवीच, एमाले तर्फका अध्यक्षका उम्मेद्वार कुंवरले खैरेनीमा बिहिबार बिहान पत्रकार सम्मेलन मार्फत चुनाबी प्रतिबद्वता सार्वजनिक गर्नुभएको छ ।उहाँले सहलगानीको आयोजनालाई सम्पन्न गर्ने,दुई सय किलोमिटर पाइप विस्तार गर्ने कार्यलाई पुर्णता दिने, धारा जडान तथा महसुल मूल्य घटाउने, फिल्टर प्लान्ट निर्माण गरि उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलबध गराउने लगायतका प्रतिवद्धता गर्नुभएको छ।
निर्वाचनको मिती नजिकिएसंगै मतदातालाई आफ्नो पक्षमा तान्न उम्मेद्वारहरु घरदैलो गरिरहेका छन । देवदह खानेपानीमा ४ हजार ३ सय मतदाता छ्न।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते