'एमसीसीको विरुद्व काठमाडौंमा युवा संघको प्रदर्शन'

४ वर्ष अगाडि

काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । युवा संघको केन्द्रीय कार्यालय बबरमहलबाट निष्केको र्याली नयाँ बानेश्वरमा पुगेर विरोध प्रदर्शनमा परिणत भएको थियो।
युवा संघ नेपालको गैरभौगोलिक प्रदेश कमिटीका अध्यक्ष एवं केन्द्रीय सचिव सुशिल भट्टराईको अध्यक्षतामा निष्केको र्यालीमा युवा फाँट इन्चार्ज दिलु पन्त, युवा संघका नेताहरु संजीप राई, नरेश गिरी, दिपक दुवाडी, तिर्थ श्रेष्ठ, भेषराज शाह, सन्तोष राई, बबिता पाण्डे लगायतको विशेष सहभागिता रहेको थियो ।
एमसीसी सम्झौताका सर्त संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने युवा संघको माग रहेको छ । यथास्थितिमै कुनै पनि हालतमा एमसीसी पारित गर्नुहुदैन भन्दै युवा संघ विरोधमा उत्रेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।
यस्तै युवा संघको वागमती प्रदेश कमिटीले एमसीसी विरुद्ध हस्ताक्षर संकलन गरेको छ । युवा संघका सचिव एवं बागमती प्रदेश कमिटीका अध्यक्ष फुवा लामाको अध्यक्षता र संघका इन्चार्ज रोशन थापाको विशेष सहभागितामा १० हजार भन्दा बढी हस्ताक्षर संकलन गरिएको छ । 
संकलित हस्ताक्षर आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाईने कार्यक्रम रहेको लामाले बताए । एमसीसी विरुद्ध आन्दोलन गर्दै आएको संघले त्यसका सर्त संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने पक्षमा रहेको छ ।
सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा युवा संघले देशैभरी विरोध प्रदर्शन गरिरहेको युवा संघ गैरभौगोलिक विशेष प्रदेश इन्चार्ज तिर्थ श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु