'‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ’- अध्यक्ष ओली'

४ वर्ष अगाडि

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।

शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।

‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु रु भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ उनले भने ।

ओलीले अघि भने, ‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’ उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बहुमत ल्याउने दावी गरे ।

नेकपा एमाले, वौद्धिक क्षेत्र र सञ्चार माध्यमको दबावले मात्र सरकार चुनाव घोषणा गर्न बाध्य भएको भन्दै ओलीले सत्तारुढ गठबन्धन एमालेको वर्चश्व भएकै कारण स्थानीय चुनावबाट डराएको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी