'तिलोत्तमा व्यापार महोत्सव माघ दोस्रो सातादेखि'

४ वर्ष अगाडि

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमामा माघ १३ गतेदेखि दोस्रो औद्योगिक व्‍यापार मेला तथा कृषि र पर्यटन महोत्सव हुने भएको छ।

तिलोत्तमा चेम्बर अफ कमर्सको मुख्य आयोजना तथा नेपाल चेम्बर अफ कमर्स,लुम्बिनी चेम्बर अफ कमर्स र रुपन्देही ब्यापार संघको सहआयोजनामा तिलोत्तमा-५ मणिग्राममा माघ १३ देखि माघ २४ गतेसम्म ब्यापार मेला सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।
‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्‍यापार विस्तार’ मूल नाराका साथ आयोजित मेलामा स्वदेशी तथा विदेशी कृषिजन्य, औद्योगिक, हस्तकला, गार्मेन्ट, दैनिक उपभोग्य, अटो मोबाइल्स, सूचना प्रबिधि लगायतका ३ सय बढी स्टल रहने संघका अध्यक्ष बाबुलाल भुसालले बताए ।
मेला २ लाख दर्शकले अवलोकन गर्ने र करीब १० करोडको कारोबार हुने लक्ष्य रहेको महासचिव बिष्णु बरालले बताए ।
मेलामा पर्यटन, कृषि र ब्यापार प्रबद्र्धनका लागि गोष्ठी र सेमिनार पनि गरिने संघका उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए। मेलामा लोक दोहोरी गीत प्रतियोगिता,डान्स आइडल लगायत मनोरन्जनात्मक कार्यक्रम पनि रहेका उनले बताए ।
पत्रकार सम्मेलनमा तिलोत्तमा ५ का वडा अध्यक्ष चेतनारायण भण्डारी, चेम्बर अफ कमर्स लुम्बिनीका महासचिव जेपी कंडेलले मेललाई उपभोक्तामैत्री र गुणस्तरीय बनाउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी