'हुलाकी सडकप्रति एमाले अध्यक्ष ओलीकाे चासाे'

४ वर्ष अगाडि

रूपन्देही । साेमबार साँझ रूपन्देही अाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले
हुलाकी सडक निर्माणको काम प्रत्यक्षरुपमा आफैले हेर्दै साे सडक खण्डमा रोकिएर स्थानीयसंग संवाद गर्ने कार्यक्रम तय भएकाे छ । मंगलबार दिउसाे कपिलवस्तुकाे बहादुरगन्जमा जसपा नेता मंगलप्रसाद गुप्तासहित ठूलाे संख्यामा अन्य पार्टीबाट एमाले प्रवेश गराउन उनी अाएका हुन् । मौसमी प्रतिकुलता भएमा जहाज उड्न समस्या आएर कार्यक्रम प्रभावित हुने भन्दै एक दिनअघि नै रुपन्देही आएर बसेकाेले नै याे कार्यक्रमलाई ओलीले विशेष महत्त्व दिएकाे एमाले कपिलवस्तुका नेता भेषराज पाण्डेले बताए । अध्यक्ष ओलीले रविहान हुलाकीका विभिन्न खण्डमा गाडी रोकेर प्रत्यक्ष हेर्ने र जनतासंग छलफल गर्ने उनले बताए ।
ओलीले हुलाकी हेर्ने चाहना राखेपछि कपिलवस्तु प्रशासनले हुलाकी सडकमा सुरक्षा परिचालन गरेको छ भने मुख्य ठेकेदारलाई समेत ओलीले भेट्ने र काम कहिले पूरा हुन्छ भनेर सोध्ने चाहना राखेपछि सोको समेत व्यवस्था मिलाइएको छ । लामाे समय भारतले बनाउने आश्वासन पूरा नगरेपछि ओलीले अाफ्नाे कार्यकालमा हुलाकी सडकका लागि बजेट विनियोजन गरेर धमाधम काम भई रहेको छ । अहिले कपिलवस्तु सदरमुकाम तौलिहवाको जमुहारदेखि विजनगर गाउँपालिकाको तुरन्तपुरसम्म जोडिने ५० किलोमिटर हुलाकी सडक निर्माणको काम सुचारु भएको छ । ठेकदार पक्षले निर्माण अवधि २०८० सालसम्म भएको बताउँदै सडक, नाली भत्काएर लामो समयसम्म सडक लथालिंग हुँदा आवतजावतमा स्थानीयलाइ निकै समस्या हुँदै आएको थियो । राष्टिय गौरवको आयोजना अन्र्तगत करिव तीन अरव रुपैयाँको लागतमा तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य सडक ठेकेदार शर्मा एन्ड शर्मा कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।
स्थानीय बासिन्दा, प्रशासन र हुलाकी सडक आयोजनाले ठेकदार पक्षलाई सडक निर्माण गर्न दवाव दिएसँगै हाल आएर कामले तीव्रता पाएको हो । विगतमा वर्षातको समय र कोभिडका कारण निर्माणमा केही ढिला भएपनि हालआएर ५१ प्रतिशत काममा प्रगति भएकाले समयमै सम्पन्न हुने हुलाकी सडक आयोजनाका इन्जिनियर शरद आचार्यले जानकारी दिएका छन् । पर्यटकीय नगरी तिलौराकोट लगायतका स्थानमा पर्यटकका साथै स्थानीयले आवतजावत गर्ने सडक यहीं पर्दछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो