'लियोद्वारा विद्यार्थीलाई शैक्षिक , खेलकुद सामग्री वितरण'

४ वर्ष अगाडि

देवदह /लियो क्लब अफ लर्ड बुद्धले विद्यार्थीलाई शैक्षिक , खेलकुद सामग्री एक कार्यक्रम बीच वितरण गरिएको  छ ।

देवदह नगरपालिका वडा नं ३ , बसन्तपुर स्थित फुलबारी आधारभुत बिद्यालयका ७५ जना विद्यार्थीलाई क्लबले शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो ।

क्लब को अध्यक्ष शंकर पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैकुण्ठ कुवर, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ओम प्रकाश न्यौपाने, लियो क्लब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष दिपेश मल्ल, पुर्व अध्यक्ष गोपाल पाण्डे , निवर्तमान अध्यक्ष सन्दिप तिवारी लगायत अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका वडा नं ३ का अध्यक्ष बैकुण्ठ कुवरले विधालयको भौतिक पुर्वाधार मात्र नभई शैक्षिक सुधारमा लाग्न जोड दिनुभएको थियो।

कार्यक्रम लियो क्लब अफ लर्ड बुद्धका प्रथम उपाध्यक्ष प्रदिप पाण्डेको संचालनमा भएको थियो । फुलबारी अधारबुत बिधालयका प्राध्यापक पुर्ण बहादुर कुवरले बिधालयका   बालबालिका समक्ष प्रत्यक्ष रुपमा पुगेर सहयोग वितरण गरेर लियो क्लब अफ लर्ड बुद्धले निकै प्रशंशनिय कार्य गरेको र  बालबालिकालाई राहत हुने बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने