'मोतीपुर झडप : घाइते ४ जनाको मृत्यु'

५ वर्ष अगाडि

बुटवल । आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी ४ जनाको मृत्यु भएको छ । उनीहरुको उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लाँदै गर्दा बाटोमा मृत्यु भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

झडपमा परी घाइते मध्ये मेडिकल कलेजमा १५ जना लगिएको थियो । जसमध्ये ४ जना सर्वसाधारणको मृत्यु भएको हो । अन्य ११ जना घाइते हुनेमा ५ जना प्रहरी र ६ जना सर्वसाधारण रहेको उनले बताए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत गुरुङले बताए ।

यता लुम्बिनी प्रादेशिक अस्पतालले झडपमा परी घाइते भएका ५० जना भन्दा बढीको उपचार भएको जनाएको छ । घाइते हुनेमा प्रहरीको संख्या बढी रहेको लुम्बिनी प्रादेशिक अस्पताल इमर्जिन्सी विभाग प्रमुख रामप्रसाद अर्यालले बताए । उनले भने ‘ अहिलेसम्म ५० जना घाइतेहरुको उपचार गरेका छौं । जसमध्ये १५ जना गम्भीर हुनुहुन्छ । घाइतेहरुको संख्या अझैपनि बढ्दो छ।’औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।
यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । हाल घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु