'साफ च्याम्पियनसिप आजबाट सुरु, माल्दिभ्स र नेपाल भिड्दै'

५ वर्ष अगाडि

काठमाडौँ – दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज बाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र माल्दिभ्ससँग खेलेर सुरु गर्ने छ । यी दुईबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको हो । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

त्यस्तै, आज हुने अर्काे खेलमा श्रीलंका र बंगलादेश पनि भिड्दै छन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । यो साफमा पाकिस्तान र भूटानले भने सहभागिता जनाएको छैन । पाकिस्तानालाई फिफाले प्रतिबन्ध लगाएको छ भने भूटानले भने कोरोनाको कारण देखाउदै अन्तिम समयमा हात झिकेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु