'अर्घाखाँचीमा दुधको मूल्य बढ्यो'

५ वर्ष अगाडि

अर्घाखाँची । अर्घाखाँचीमा दुधको मूल्य बढेको छ । गाई र भैसी दुवैको दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ । योसँगै भैसीको दूध प्रतिलिटर ९० रुपैयाँ र गाईको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समूहका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिनुभयो ।

सरोकारवासँगको समन्वय र किसानको जिल्ला भेलाको निर्णय बमोजिम मंगलबारबाट लागु हुने गरि मूल्य बढाइएको हो । यस अघि अर्घाखाँचीमा भैसीको दूध प्रतिलिटरमा ८० रुपैयाँ र गाईको दुध प्रतिलिटर ७० रुपैयाँमा बिक्रि हुँदै आएको थियो ।

यता सर्वसाधारणले भने दुधको मूल्य बढ्दा आफुहरु निकै संकटमा परेको भन्दै दुख ब्यक्त गरेका छन् । चाडपर्वको मुखमा यसरी प्रत्येक खाद्य बस्तुमा मूल्य बढाउने हो भने सर्वसाधारणले एक छाक खान पनि नसक्ने अवस्था आउन सक्ने भन्दै दुख ब्यक्त गरेका हुन् । सम्पूर्ण बस्तुको बजारभाउ घटाउने बेलामा प्रत्येक खाद्य सामग्रीको मूल्य बढेको भन्दै बढेको मूल्य घटाउन सर्वसाधारणले आग्रह गरेका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी