'मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा'

५ वर्ष अगाडि

काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन ।

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा हान्स भानाकेनले ब्रुगका लागि बराबरी गोल फर्काए ।त्यसपछि थप गोल हुन सकेन र पीएसजीले बराबरीमै चित्त बुझायो ।

पहिलो पटक सँगै मैदान उत्रेका मेस्सी, नेयमार र एमबाप्पेले ५१ मिनेटम सँगै मैदानमा बिताएका थिए । मेस्सी र नेयमारले पूरा समय खेले पनि एमबाप्पेले ५१औं मिनेटमा मैदान छाडेका थिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी