'सन्दीपको ६ विकेटले नेपालको कीर्तिमानी जित'

५ वर्ष अगाडि

काठमाडौं । लेगस्पिनर सन्दीप लाछिमानेले घातक बलिङ गर्दै करिअरकै उत्कृष्ट प्रदर्शन गर्दा नेपालले पपुवा न्युगिनीमाथि कीर्तिमानी जित हात पारेको छ । नेपालले पिएनाजीलाई दोस्रो ओडिआई खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो खेलमा २ विकेटको जित हासिल गरेको नेपालले सिरिज २-० ले जितेको छ ।

नेपाली क्रिकेटको ओडिआईमा यो नै सर्वाधिक ठूलो जित हो । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भयो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु