'लायन्स क्लब अफ देवदह प्रोफेसनलको प्रथम चार्टर्ड नाईट तथा सम्मान कार्यक्रम सम्पन्न'

५ वर्ष अगाडि

बुटवल । रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आइरहेको लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले क्लबको पहिलो चार्टर्ड नाईट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष दिपेश मल्लले आफ्नो कार्यकालमा कार्यक्रम संयोजक भई भूमिका निर्वाह गरेका र हरेक काममा सक्रिय भई खटिएका सदस्यहरुलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो । कार्यकाल अवधिमा लायन्स अफ दि मन्थ बाट दिपेश पाण्डे सम्मानित हुनुभएको थियो । सो अवसरमा क्लबमा नयाँ सदस्यलाई समेत स्वागत गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सांसद डा.कृष्ण न्यौपानेले युवा भनेको संसार बदल्ने तथा युगलाई परिवर्तन गर्ने शक्ति भएको बताउनुभएको थियो । उहाँले विभिन्न पेशामा आवद्ध भएर सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावनाले ओतप्रोत भई क्लवमा संगठित युवाहरुको प्रशंसा गर्नुभएको थियो ।

प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सांसद न्यौपानले युवाहरु सामाजिक क्षेत्रमा स्थापित गर्दै सामाजिक र राजनीतिक क्षेत्रमा बिशिष्ट स्थानमा पुगेर सफलतापुर्वक नेतृत्वदायी भुमिका निर्वाह गर्न अपिल गर्नुभएको थियो । वहाँले समाजलाई योगदान पुर्याउन र मुलुकको नेतृत्व गर्न सबैभन्दा पहिला आफु सफल र सक्षम हुनुपर्ने बताउनुभएको थियो ।

देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले हामी सेवा गर्छौ भन्ने भावनालाई आत्मसाथ गर्दै कहिले काम गरेर नथाक्ने युवाहरुले नेतृत्व गर्नुभएको यस क्लवद्धारा कोभिडको महामारीमा अग्रसरता लिएर १ हजार भन्दा बढी घरलाई राहत वितरण गरेको होस वा अशक्त र अपाङ्ग एकल महिलाको घर निर्माण एवं खानेपानीको ब्यवस्था गरिदिएको होस हरेक सामाजिक गतिविधिमा यो क्लव निरन्तर अगाडी बढेकोप्रति खुशी ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि समेत रहनुभएको उपप्रमुख गुरुङ्गले सामाजिक संघसंस्था र क्लवमा नेतृत्व बहन गरी सफल देखिएका युवाहरुलाई राजनीतिक हिसावले अगाडि बढन आब्हान गर्नुभएको थियो । वहाँले युवाहरु उपभोक्ता समितिको नेतृत्व गरेर विकास निर्माणमा समेत सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । वहाँले परिवर्तन छ भने त्यो राजनीतिबाट मात्र सम्भव छ, त्यसकारण समाजको विकास गर्न युवा पंक्ती राजनीतिमा आई नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णुप्रसाद पौडेल, नागरिक समाज देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेल, लायन्स क्लब अफ देवदहका अध्यक्ष विनोद थापा मगर, लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष ऋषिराम सापकोटा, रामबहादुर गुरूङ, लायन्स क्लब अफ पाकरी बृक्षका अध्यक्ष मिना गुरूङ र देवदह जेसिजका अध्यक्ष केशव पराजुली लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष दिपेशबिक्रम मल्लले अध्यक्षता, प्रथम उपाध्यक्ष प्रनिल जिसिले स्वागत तथा क्लवका सचिव नवीन थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक कमल पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो