'रुपन्देहीमा १२ लाखको अवैध मटरसहित २ जना पक्राउ'

५ वर्ष अगाडि

बुटवल । कोटईमाइ गाउँपालिका–५ दुइमुहानबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको ३० क्विन्टल मटर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–१ बस्ने ४५ वर्षीय हरीशंकर यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय रतन यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लु.१ ज ४५१८ नम्बरको पिकअपमा भारततर्फ लैजादै गरेको उक्त मटरसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद मटर तथा सवारी साधन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु