'बुटवलको लक्ष्मीनगर र ज्योतिनगर वस्तीलाई सुरक्षित गर्न एमाले नेता पौडेलको आग्रह'

५ वर्ष अगाडि

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रण गर्न तीनै तहका सरकारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । वहाँले छिटो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवार ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पौडेलले पहिरोको विषयमा अर्को साता बस्ने संसद् बैठकमा आफूले छलफलको विषय बनाउने बताउनुभयो । ‘यो पहिरो डरलाग्दो र कहाली लाग्दो छ,’ पौडेलले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय सरकारले पहिरो नियन्त्रणमा प्राथामिकता छिटो दिनुपर्छ । यो सार्वजनिक सरोकारको विषय हो । अर्को साता बस्ने संसदको अधिवेशनमा छलफलको विषय बनाउँछु ।’

जुन प्रविधिको प्रयोग गरेर पहिरो नियन्त्रण गर्न सम्भव हुन्छ त्यो प्रविधि छिटोभन्दा छिटो प्रयोग गरेर लक्ष्मीनगर र ज्योतिनगर वस्तीलाई सुरक्षित गर्नुपर्ने वहाँको भनाइ छ । ‘प्राविधिक सहयोग, बजेट र जनशक्तिको यथाशीघ्र गरेर वस्ती र प्रभावित परिवारहरूलाई सबै सरकारले काम गर्नुपर्छ,’ वहाले भन्नुभयोे, ‘विस्थापितलाई पुनःस्थापित गर्न सरकार कुनै कसर बाँकी राख्न हुँदैन ।’

पौडेलले आफू पहिरो नियन्त्रण र विस्थापितहरू पुनःस्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । वहाँले वातावरण क्षेत्रका प्राविधिकहरूले अध्ययन गरेपछि निष्कर्ष सहितको प्रतिवेदनका आधारमा काम गर्न आग्रह गर्नुभयो । पहिरो निरीक्षणमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि सहभागी हुनुभएको थियो ।

रूपन्देही क्षेत्र २ का सांसदसमेत रहनुभएका पौडेलले पहिरो नियन्त्रण र चुरे संरक्षणमा सबै लाग्नुपर्ने समेत बताउनुभएको थियो । बुटवल वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा गत साता पहिरो झरेपछि १० घर पूर्ण रूपमा पुरिएका छन् । ६६ भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्न नमिल्ने भएका छन् । २० वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरेको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पहिरो नियन्त्रण र थप क्षति हुनबाट जोगाउन निरन्तर काम गरिहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, गोपाल राना, बाबुराम पन्थी, घनश्याम चापागाई लगायतको आतिथ्यता रहेको थियो ।

चुरे तिनाउ बहुउद्देश्य विकास मञ्चका संयोजक कमल गौतमले पहिरो कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बताउनुभएको थियो । ‘वाल उठाएर रोक्न सकिन्छ या बस्तीलाई अन्यत्र सार्ने, यसबारे छलफल भइरहेको छ ’, वहाँले भन्नुभयो ।

अवलोकन

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो