'विद्यार्थीको शुल्क छुट गर्न माग गर्दै अनेरास्ववियुद्धारा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ज्ञापनपत्र'

५ वर्ष अगाडि

रुपन्देही । अनेरास्ववियुले लुम्बिनी वौद्ध विश्वविद्यालयको प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु क्याम्पस कमिटीले कोभिड–१९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरी आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको समेत पूर्ण शुल्क लिएकोप्रति ध्यानकर्षण गर्दै ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सबैभन्दा बढी असर विद्यार्थी वर्गलाई भएको समयमा अनलाइन प्रणालीबाट कक्षा सञ्चालन गर्दै आइरहेको अवस्थामा विद्यार्थीहरुबाट शुल्क लिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियुले लकडाउन अवधि भरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गरी विद्यार्थीहरुबाट शैक्षिक शुल्क वापत लिएको रकम सम्बन्धित विद्यार्थीहरुलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु